
नयाँ दिल्ली, ७ पुस । भारतले ३० करोडभन्दा बढी भ्यू भएका ३ वटा च्यानललाई प्रतिबन्ध गरेको छ । पछिल्लो समय युट्युब च्यानलहरु निरन्तर बन्द गराउँदै आएको भारत सरकारले फेरि केही युट्युब च्यानलमाथि प्रतिबन्ध लगाउन आग्रह गरेको हो । सरकारले सामाजिक सञ्जालको दुनियाँमा पनि कडा निगरानी राख्दै आएको छ ।
यसपटक सूचना तथा प्रसारण मन्त्रालयले यो सूचीमा थप ३ युट्युब च्यानलहरू समावेश गरेको भारतीय मिडियाहरुले जनाएका छन् । यी च्यानलहरूलाई मिथ्या समाचार फैलाएको आरोपमा कारबाही स्वरुप प्रतिबन्ध लगाइन लागेको हो ।
भारतको प्रेस सूचना ब्यूरोले २० डिसेम्बर २०२२ मा ट्वीट गरेर सूचना र प्रसारण मन्त्रालयले ३ युट्युब च्यानलहरू प्रतिबन्ध लगाउन भनेको हो । यी च्यानलहरूको सूचीमा समाचार हैडलाइन्स, सरकारी अपडेट र आज तक लाइभ रहेका छन् । यी च्यानलहरूमा ३३ लाख भन्दा बढी सदस्यहरू र ३० करोड भन्दा बढी भ्यूहरू थिए ।
भारतमा मिथ्या समाचार फैलाउने युट्युब च्यानलमाथि कडा कारबाही भएको यो पहिलो पटक भने होइन । यसअघि पनि भारत सरकारले यस्ता धेरै युट्युब च्यानलमाथि प्रतिबन्ध लगाइसकेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




