चार्ल्स शोभराजलाई थुनामुक्त गरी १५ दिनभित्र स्वदेश फर्काउनू : सर्वोच्च

-



     सफल आवाज    
     पौष ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ पुस । नेपालमा कैद सजाय भोगिरहेका फ्रान्सेली अभियुक्त चार्ल्स शोभराजलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ता गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश जारी गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका ७८ वर्षीय शोभराज मुटुको रोगी भएकाले ओपन हार्ट सर्जरी गर्नुपर्ने कारणले कारागार नियमावली, २०२० को नियम २९-२क ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्थाअनुसार थुनामुक्त गर्न सर्वोच्चले आदेश गरेको हो ।

कैदमा रहेका शोभराजले आफ्ना कानून व्यवसायीमार्फत धेरै पटक सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । त्यसमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउनुपर्ने कैद छुटको सुविधा पनि दिन उनको माग रहँदै आएको थियो ।

यस्तो छ पूर्णपाठ