
काठमाडौं, ७ पुस । अनुमति नलिई ठूला प्याकेज बेच्ने ठूला इन्टरनेट सेवाप्रदायकमाथी कारबाही हुने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले यसरी अनुमति नलिई ठूला प्याकेज बिक्री गर्ने इन्टरनेट सेवा प्रदायक आईएसपी लाई कारबाही गर्ने भएको हो ।
प्राधिकरणले हाल स्वीकृति नलिई १ सय एमबीपीएस भन्दा माथिको इन्टरनेट प्याकेज बिक्री गरेको भेटिएपछि यस्ता सेवाप्रदायकलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो । पछिल्लो समय इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले प्रतिस्पर्धा गर्दै १ सय एमबीपीएसभन्दा माथिको स्पीड भएका इन्टरनेट प्याकेज बिक्री गर्दै आइरहेका छन् ।
प्राधिकरणले कारबाहीमा उत्रनुअघि यस्ता सेवा प्रदायकलाई स्पष्टीकरण सोध्दै सचेत गराएको थियो । यसै क्रममा गत मंसिरमा महिनामा स्वीकृति बिना इनटरनेट तथा बन्डलिङ प्याकेज ल्याएको भन्दै आधा दर्जन इन्टरनेट कम्पनीलाई स्पष्टीकरण सोधिएको थियो ।
स्पष्टीकरणपछि पनि कम्पनीहरुले ठूला प्याकेज बेच्न बन्द नगरेपछि प्राधिकरणले कारबाही प्रक्रिया अघि बढाएको हो । इन्टरनेट कम्पनीले अटेर गरेपछि कारबाहीका लागि प्राधिकरण बोर्डमा प्रस्ताव पुगेको छ ।

पटक पटक ताकेता र स्पष्टीकरणबाट पनि सेवाप्रदायक पछि नहटेपछि कारबाही गर्नु परेको प्राधिकरणको भनाइ छ । शाखाबाट प्राधिकरण बोर्डलाई प्रस्ताव आएको र सो विषयमा अध्ययन भइरहेको छ । यस अघि प्राधिकरणले बन्डलिङ तथा सय एमबिपिएस माथिका इन्टरनेट प्याकेजलाई गैरकानुनी ठहर गरेको थियो ।
दूरसञ्चार ऐनको दफा ४७(१) अनुसार प्राधिकरणले दिएको आदेश पालना नगरे ५० हजार जरिवाना हुने उल्लेख गरेको छ । त्यस्तै दफा ४७(२)मा अनुमति शर्तहरु पालना नगरि सेवा सञ्चालन गरेमा पाँच लाखसम्म जरिबाना हुने उल्लेख छ ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



