नेपाल लिटरेचर फेस्टिभल : ‘राजनीति बाहिरको जीवन’ को बहसमा केपी शर्मा ओली सरिक हुँदै

-



     सफल आवाज    
     पौष ८ गते २०७९ मा प्रकाशित



पोखरा, ८ पुस । पोखरामा आयोजना गरिएको दशौं संस्करणको नेपाल लिटरेचर फेस्टिभलको दोश्रो दिन शुक्रबार बाराहीघाट, लेकसाईडमा ७ वटा सेसन चल्ने भएका छन्।

पूर्वान्ह ११ वजे भूपी कक्षमा दक्षिण एशियादेखि बुकर पुरस्कारसम्मको सेसन चल्दैछ । यस सेसनका वक्तामा शेहान करुनातिलका रहेका छन् ।

११.२० मा क्यान क्रियटिभ राईटिङ बी टट ? शिर्षकमा सम्राट उपाध्याय र मुना गुरुङसंग अनुराग बस्नेतले छलफल चलाउने छन् । यस्तै अलिमियाँ कक्षमा सामाजिक न्याय ः अग्रगमन कि पश्चगमनतर्फ ? शिर्षकमा प्रदीप परियार र सुजिता शाक्यसंग किरण विकले कुरा गर्नेछन् ।

१२.३० मा राजनीति बाहिरको जीवनका बारेमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीसंग अखण्ड भण्डारीले छलफल चलाउने छन् ।

२.३० मा चराचुरुङगी र जनावरका आनीबानीका बारेमा ददि सापकोटा र अनुज घिमिरेसंग देवेन्द्र भट्टराईले कुरा गर्ने भएका छन् । सोहि समयमा कस्तो पोखरा ? शिर्षकमा सांसद विद्या भट्टराई, मेयर धनराज आचार्य र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मिसंग अमृत सुवेदीले कुरा गर्नेछन् ।

३.३० मा अनुवादको सन्चो बिसन्चो शिर्षकमा उज्ज्वल प्रसाई, सगुना शाह र गनेस पौडेलसंग विनोदविक्रम केसीले छलफल गर्नेछन् । सोहि समयमा अलिमिया कक्षमा डिस्पेरेन्टली सिकिङ शारुक खान बारे स्रयना भट्टाचार्य र सेवा भट्टराईबीच छलफल हुनेछ ।

अन्तिम सेसन ४.३० वजे अलिमिया कक्षमा आधुनिक संगीतको सय वर्षका बारे गायिका लोचन भट्टराई, कुन्ति मोक्तान, शिला बहादुर मोक्तान लगायतका कलाकारहरको प्रस्तुति रहने भएको छ ।

यस कार्यक्रमको आयोजक गण्डकी प्रज्ञा प्रतिष्ठानसंगको सहकार्यमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुँदैछ ।