
काठमाडौ, ११ पुस । इस्टर्न हाइड्रोपावरले पुस ३० गते वार्षिक साधारण सभा डाकेकाे छ । हाइड्रोपावर सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले साधारण सभा साे मितिमा गर्ने निर्णय गरेको हो ।
कम्पनीकाे साधारण सभा काठमाडौं, बागबजारस्थित होटेल हार्दिकमा बिहान ८ बजे डाकिएकाे छ । यसफटक साधारण सभामा लाभांश वितरणकाे एजेण्डाकाे रुपमा नभएकाे जनाइएकाे छ ।
कम्पनीका अनुसार सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका वित्तीय एजेण्डाहरुमा छलफल गरि पारित गरिने भएकाे छ । सभामा आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षककाे नियुक्ति तथा पाउने पारिश्रमिक निर्धारण ताेक्ने र सर्वसाधारण समूहबाट १ जना सञ्चालक चयन गरिने भएकाे छ ।
साधारण सभालाई मध्येनजर गर्दै कम्पनीले पुस २० गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने बताएकाे छ । यसका लागि सेयरधनीहरुले पुस १९ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउनेछन् ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



