
काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी उपप्रधान तथा गृहमन्त्रीको दावीसहित सरकारमा सहभागी हुने भएको छ । पार्टीका सभापति रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा सहभागी हुने बताएका हुन् । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी रास्वपाको २० सिट रहेको छ ।
स्रोतका अनुसार रास्वपाका सभापति लामिछाने उपप्रधान र गृहमन्त्री हुनेगरी गठबन्धनमा समझदारी बनेको र सोही अनुरुप पार्टी सरकारमा जान लागेको हो । यसबारे आधिकारिक पत्र भने प्राप्त भइनसकेको जनाइएको छ ।
स्रोतका अनुसार रास्वपाका सभापति लामिछाने उपप्रधान र गृहमन्त्री हुनेगरी गठबन्धनमा समझदारी बनेको र सोही अनुरुप पार्टी सरकारमा जान लागेको हो । यसबारे आधिकारिक पत्र भने प्राप्त भइनसकेको जनाइएको छ ।
सरकारमा भागबण्डा सन्तुलनसहितको सहमति जुटाउन आज दिउँसो बानेश्वरमा सत्ता गठबन्धनको बैठक बसेको थियो । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले केहीबेरमा शपथ लिने तयारी छ ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



