
पोखरा १३ पुस । नेपाल बैंक लिमिटेडले स्याङजाको पुतलीबजार नगरपालिका परिसरमा विस्तारित काउण्टर सेवा सञ्चालनमा ल्याएको छ ।
स्याङजा शाखा मातहत रहने गरी उक्त शाखाको मंगलबार एक कार्यक्रमकाबिच पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले उद्घाटन गरे ।
कार्यक्रममा बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख प्रतिमा श्रेष्ठ, उपप्रबन्धक ध्रुब पौडेल, स्याङजा शाखाका शाखा प्रबन्ध बिष्णु खनाल तथा नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।
बैंकका देशभर २ सय २६ शाखा सञ्जाल, २ सय एटीएम काउण्टर रहेका छन् भने ५१ वटा विस्तारित काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ । यो संगै बैंकको विस्तारित काउण्टको संख्या ५२ पुगेको छ ।
गण्डकी प्रदेशमा ३० वटा शाखा, २९ वटा एटीएम काउण्टर र ८ वटा विस्तारित सेवा काउण्टर रहेको बैंकले जनाएको छ ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



