
एडेन, १३ पुस । यमनमा जारी युद्धविरामलाई भङ्ग गर्दै रेड सीको किनारमा ड्रोन आक्रमण गरेको यमनी विद्रोही समूहले बुधबार जनाएको छ ।
यमनको हुथी लडाकू समूहले साउदी नेतृत्वको गठबन्धनले यमनको रेड सीको किनारामा रहेको बन्दरगाह शहर होदेइदामा पछिल्लो २४ घण्टामा ६ वटा ड्रोन आक्रमण गरेको हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टिभीले विद्रोहीको उच्च स्रोतलाई उद्धृत गरी उल्लेख गरेको हो ।
मिलिशियाले दक्षिणी जिल्लाहरूमा भएको आक्रमण ‘एकै दिनमा शहरमा युद्धविरामको १२३ गठबन्धन उल्लङ्घनहरूमध्ये एक’ भएको बताएको छ । यमनको गठबन्धन वा सरकारले यसबारे समाचार तयार पार्दासम्म कुनै पुष्टि गरेको छैन ।
सन् २०१८ को डिसेम्बरमा स्टकहोममा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविराममा साउदी नेतृत्वको गठबन्धन समर्थित यमनी सरकारी फौज र हुथी मिलिसियाबीच युद्धविराम भएको थियो । यमनको उत्तरपश्चिमी भागमा रहेको बन्दरगाह शहर हुथी समूहको नियन्त्रणमा छ भने सरकारी सेना यसको दक्षिणी जिल्लातर्फ अघि बढेको छ ।
सन् २०१४ को अन्त्यतिर इराननिकट भनिने हुथी लडाकूसमूहले उत्तरी सहरहरूमा आक्रमण गरी साउदी अरब निकट मानिएको यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकालेपछि यमन गृहयुद्धमा फसेको थियो । साउदी नेतृत्वको गठबन्धनले सन् २०१५ मा यमन द्वन्द्वमा हस्तक्षेप गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गरेको थियो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




