
काठमाडौं, १४ पुस । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ५० अर्बको रिपो जारी गर्ने भएको छ । बैंकहरुमा तरलता कमी भएको अवस्थामा त्यसलाई केही सहज बनाउने उद्देश्यले केन्द्रीय बैंकले रिपोमार्फत ५० अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो ।
बैंकले बिहीबार ५० अर्ब रुपैयाँको रिपोको बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । यो रिपो डेढ महिनाको लागि जारी गरिएको बैंकले जनाएको छ । यस हिसाबले आज बिहीबार जारी भएको रिपो आगामी माघ २९ गते परिपक्व हुनेछ ।
बोलकबोलमार्फत् जारी गरिने यो रिपोमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बोलकबोल मार्फत् खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ । पुस मसान्तमा बैंकिङ्ग प्रणालीबाट ठूलो रकम सरकारी खातामा जाने भएकोले बैंकले सो अवधिमा बैंकहरुमा तरलता अभाव हुन नदिन उक्त रिपो जारी गर्न लागेको बुझिएको छ ।
के हो रिपो ?
रिपो बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएको बेला खुला बजार कारोबार सञ्चालन समितिको निर्णय अनुसार अल्पकालीन अवधिको तरलता प्रवाहका लागि केन्द्रीय बैंकले प्रयोग गर्ने उपकरण हो ।
यो उपकरणको निष्कासनका दिन सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको केन्द्रीय बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँड अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिका लागि तरलता प्रवाह हुन जान्छ ।
बोलकबोल प्रक्रियाबाट निष्कासन हुने यस उपकरणमा बहु–ब्याजदर विधिको प्रयोग हुन्छ । रिपो उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खातामा रकम जम्मा गर्नुअघि बोलकर्ताले बाँडफाँट अनुसारको रकमको ११० प्रतिशत रकम बराबरको आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल वा विकास ऋणपत्र धितो स्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनुपर्छ ।






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



