
वासिङ्टन, १७ पुस । अमेरिकाका राष्ट्रपति जो बाइडेनले संसारभरका क्याथोलिक गिर्जाघरका पूर्वप्रमुख पादरी बेनेडिक्ट सोह्रौँको असामयिक निधन भएकाेमा शोक प्रकट गरेका छन् । पञ्चानब्बे वर्षको उमेरमा शनिबार बिहान भ्याटिकनको मेटर इक्लेसिया मठमा उनको निधन भएको हो ।
पूर्वप्रमुख पादरी बेनेडिक्टले इसाई धर्मको पुनर्जागरणका निम्ति गरेकाे योगदान र गिर्जाघरप्रतिको उनको समर्पणको अमेरिकी राष्ट्रपतिले प्रशंसा गरे। धर्मपत्नी जिलसहित विश्वभरका इसाई धर्मावलम्बीप्रति अमेरिकी राष्ट्रपतिले शोक व्यक्त गर्दै उनीहरूप्रति समवेदना व्यक्त गरे।
शोक सन्देशमा अमेरिकी राष्ट्रपतिले पादरी बेनेडिक्ट एक निष्ठावान् व्यक्ति थिए भन्दै उनका सिद्धान्तहरूलाई विश्वले सधैँ सम्झने बताए। सन् २०१३ मा उनले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा गरेका थिए ।
छ सय वर्षपछि पदबाट त्यसरी राजीनामा गर्ने उनी पहिलो प्रमुख पादरी थिए। त्यस बेला उनले एक अर्ब २० करोड क्याथोलिकका गिर्जाघर सम्हाल्ने शक्ति आफूमा नरहेको घोषणा गर्दै पदबाट बाहिरिएका थिए।
जर्मनीका लजालु धर्मशास्त्री बेनेडिक्टले धर्मनिरपेक्ष युरोपमा इसाई धर्मलाई पुनजागृत गर्ने प्रयास गरेका थिए। आगामी बिहीबार पोप फ्रान्सिसको अगुवाईमा सेन्ट पिटर स्क्वायरमा उनको अन्त्येष्टि हुनेछ ।
सोमबारदेखि उनको शव सेन्ट पिटरको बासिलिकामा श्रद्धाञ्जलिका निम्ति राखिने भ्याटिकनले जनाएको छ । विश्वका विभिन्न देशका नेताहरूले पूर्वपोपको निधनमा गहिरो दुःख व्यक्त गर्दै उनीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




