
काठमाडौं, १८ पुस । सरकारी स्वामित्वको नेपाल टेलिकमले गर्ने योजना बनाएको फाइभजी परीक्षण तत्कालका लागि स्थगित गरेको छ । यसअघि टेलिकमले अंग्रेजी नयाँ वर्ष अर्थात् १ जनवरी २०२३ देखि फाइभजी सेवा परीक्षणको रुपमा शुरु गर्ने योजना बनाएको थियो । तर नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसारर फाइभजी सपोर्ट गर्ने मोबाइल डिभाइस कम भएका कारण तत्कालका लागि परीक्षण स्थगित गरिएको हो ।
नेपाल टेलिकमले २६०० फ्रिक्वेन्सीमा फाइभजी परीक्षणको अनुमति पाएको थियो । प्रवक्ता अधिकारी भन्छन्, ‘उपलब्ध २६०० फ्रिक्वन्सीमा फाइभजी चल्ने सेटहरुको उपलब्धता कम छ । व्यावसायिक कार्यका लागि पनि २६०० फ्रिक्वन्सी हो कि हैन भन्ने थाहा छैन । फाइभजी प्रयोगकर्ता कम देखिएकाले तत्कालका लागि परीक्षण रोकिएको हो ।’
नेपाल टेलिकमले यसअघि आफैंले आन्तरिक परीक्षण गरेको थियो । जस अनुसार बजारमा उपलब्ध एकाध मोडलका फोनहरुमा मात्र फाइभजी सपोर्ट गर्ने पाइएको थियो । सबै उपभोक्तालाई फाइभजी सेवा उपलब्ध गराउनु अघि टेलिकमले बजारमा उपलब्ध सबैखाले सेटहरुमा फाइभजी चलाएर परीषण गर्नुपर्ने हुन्छ । यस्तो कामका लागि अझै केही हप्ता समय लाग्ने टेलिकमको भनाइ छ ।
नेपाल टेलिकमले पहिलो चरणमा काठमाडौंमा फाइभजी परीक्षण शुरु गर्ने योजना बनाएको थियो । यसका लागि काठमाडौंको सुन्धारा र बबरमहलमा फाइभजी उपकरण जडान गरिसकिएको छ । तर फाइभजी सपोर्ट गर्ने मोबाइल सेटको सङ्ख्या पर्याप्त नभएका कारण यस पटक पनि टेलिकम औपचारिक रुपमा फाइभजी परीक्षण गर्न नसक्ने अवस्थामा पुगेको हो ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



