
काठमाडौं, १८ पुस । जीवन बीमा कम्पनीहरुले मंसिर महिनासम्म ५९ अर्ब भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले हालै अद्यावधिक गरेको मंसिर महिनासम्मको तथ्याङ्क अनुसार ती कम्पनीहरुले ५९ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
चालु आर्थिक वर्षको शुरुवाती ५ महिनाको यो अवधिमा १९ वटा जीवन बीमा कम्पनीहरुले १ करोड ३९ हजार ८६ लाख ५०५ वटा बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेको तथ्याङ्कले देखाएको छ ।

बीमाशुल्क आर्जनको आधारमा हेर्दा जीवन बीमा कम्पनीहरुको व्यवसाय सबैभन्दा बढी बागमती प्रदेशमा फस्टाएको देखिन्छ । बागमती प्रदेशका जीवन बीमा कम्पनीहरुले समग्रमा आधाभन्दा बढी हिस्सा ओगटेको पाइएको छ । चालु आर्थिक वर्षको मंसिरसम्ममा जीवन बीमा कम्पनीहरुले कमाएको ५९ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्कमध्ये २७ अर्ब ६८ करोड रुपैयाँ बागमती प्रदेशबाट मात्रै संकलन भएको नेपाल बीमा प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
बागमती प्रदेशबाट संकलित भएको यो बीमाशुल्क रकम जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको ४६.५२ प्रतिशत हुन आउँछ ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



