
काठमाडौं, १९ पुस । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गरेको छ । कम्पनीले आज पुस १९ गते मंगलबारदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
कम्पनीले आफ्नो हाल रहेको जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतका दरले हुने आउने ८ करोड २ लाख ५० हजार रुपैयँ बराबरको ८ लाख २ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको हो । त्यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका हकमा २ लाख ७२ हजार ८५० कित्ता निष्कासन गरिएको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासित सेयरमध्ये ५ प्रतिशतले हुन आउने सेयर ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ । बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्ने तथा अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ । आईपीओमा आवेदन दिने शुरुवाती म्याद आगामी माघ ३ गतेसम्म तोकिएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिएको सेयरमा तोकिएको अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा यो अवधि माघ १८ गतेसम्ममा लागि थपिनेछ ।
निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको यो कम्पनीको बईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
यसैगरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि-आस्बा प्रणालीमार्फत स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारमा रहेको नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीको भनाइ छ ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



