नेप्सेमा झिनो अंकको गिरावट, ३ अर्ब ४५ करोडको कारोबार

-



     सफल आवाज    
     पौष १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ पुस । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयरबजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा झरेको छ । नेप्सेमा ०.१५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.३९ अंकले घटेर ३९४.६२ विन्दुमा रहेको छ ।

कुल २५७ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ८२ लाख २२ हजार ८३३ कित्ता सेयरको कारोबारबाट ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँ ९२ पैसा बराबरको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये ४ उपसमूहमा मात्रै हरियो लागेको छ । उननीहरुको सेयर बढेको छ । बाँकी ७ वटामा रातो लागेको छ । उनहिरु सबैको सेयर घटेको छ ।

यसदिन सबैभन्दा धेरै हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४३ करोड १९ लाख ६४ हजार २३३ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै स्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.५९ प्रतिशतले घटेको छ ।