
काठमाडौं १९ पुस । राहदानी विभागले राहदानी वितरणको काम तत्काललाई बन्द गरेको छ । राहदानीको सिस्टममा समस्या आएको जनाउँदै राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरणको काम तत्कालका लागि अवरुद्ध भएको विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् ।
विभागले आज एउटा सूचना जारी गर्दै समस्या समाधानका लागि निरन्तर काम भइरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालनमा आउन केही समय लाग्ने जनाएको छ । सूचनामार्फत् नै अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन पनि विभागले सबैलाई आग्रह गरेको छ ।

राहदानी आवेदनका लागि ‘अपोइन्टमेन्ट डेट’ बुक गरेका सेवाग्राहीले बुक गरेको मितिमा बायोमेट्रिक संकलनका लागि भने सामान्य दिनमा झैं उपस्थित हुन सक्ने र उक्त काम नरोकिने विभागले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



