
काठमाडौं, १९ पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्वाचन आयोग विरुद्ध उजुरी दिएका छन् । मेयर शाहले आयोगविरुद्ध सर्वोच्च अदालतमा उजुरी दिएका हुन् ।
समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तह निर्वाचनका धेरै उम्मेदवारलाई जरिबाना गर्ने निर्णय गरेको थियो । आयोगको सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । मेयर शाहले आफूले कानुन अनुरुप असार १२ गते नै निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको भए पनि आयोगले कारबाही गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
नियम अनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नु पर्ने हुन्छ । चुनाव परिणाम घोषणा भएको ३० औं दिनमा सार्वजनिक बिदा परेकाले त्यसको भोलिपल्ट पेश गरेकोले त्यसलाई मान्नुपर्ने मेयर शाहको तर्क छ । सामान्य नियम अनुसार कुनै पनि म्यादको अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलिपल्टलाई अन्तिम दिन मान्ने चलन रहिआएको छ ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



