शुभम पावरकाे आईपीओमा आजसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     पौष २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० पुस । शुभम पावरले बिक्रीमा ल्याएकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरुकाे लागि पुस ६ गतेदेखि सेयर बिक्रीमा ल्याएकाे थियाे ।

सर्वसाधारणका लागि ४ करोड रुपैयाँको ४ लाख कित्तामा आयोजना प्रभावित क्षेत्रका लागि जारि गरिएकाे थियाे । साे सेयरबाट वितरण हुन बाँकी रहेकाे १ लाख ८० हजार ५८० कित्तासहित थप गरी रु ५ लाख ८० हजार ५८० को १० प्रतिशतले हुने ५८ हजार ५८ कित्ता सेयर विदेशमा रोजगारीमा गएकाहरुका लागि निष्काशन गरिएकाे हो।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० तथा बढीमा ५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि सिआस्बा सेवा लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट दिन सकिनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।