प्रि-ओपन सेसन: ९ अंकले बढ्यो नेप्से

-



     सफल आवाज    
     पौष २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ पुस । साताको अन्तिम कारोबार हुने दिन आज बिहीबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक ९ अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार ६४.७८ अंक बढेर नेप्से २१२५.८४ विन्दुमा बन्द भएको थियो । आजको प्रि-ओपन सेसनमा भने नेप्से परिसूचक ९.०३ अंक बढेर २२३४.८७ विन्दुमा पुगेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि १.७८ अंकको बढोत्तरी भएको छ ।

आज बिहीबारको प्रि-ओपन सेसनमा ५४ वटा स्टकको ५१ लाख ७ हजार ७५९ रुपैयाँ ५९ पैसा बराबरको १३ हजार ६२६ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ४४ वटा स्टकको मूल्य बढेको छ भने ६ वटा स्टकको मूल्य घटेको छ । बाँकी ४ वटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।