
काठमाडौं, २२ पुस । नेको इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्नका साधारण सभा बेालाएकाे छ । कम्पनीले माघ १५ गते २७औँ वार्षिक साधारण सभा बाेलाएकाे हाे । कम्पनीकाे साधारण सभा नक्सालमा रहेकाे लिसारा रिसेप्सन पूर्वान्ह ११ बजे डाकिएकाे छ ।
साधारण सभामा हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर पारित गरिने भएकाे छ । यस्तै कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्तावलाई पनि पारित गरिने भएकाे छ।
सभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधनकाे कार्य गर्नका लागि त्यसकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्ताव पारित गरिनेछ ।
इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि माघ ३ गते बुकक्लोज गर्ने बताएकाे छ। यसका लागि सेयरधनीहरुले माघ २ गतेसम्म नेप्सेमा सेयर काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले नै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन्।






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



