
काठमाडौं, २२ पुस । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीहरूको अनुमति लिनका लागि आवश्यक मापदण्डमा परिमार्जन गरेको छ । केन्द्रीय बैंकले अब यस्तो कम्पनीका लागि अनुमति लिँदा हालसम्म रहेको चुक्ता पुँजीको सीमा बढाएर दोब्बर देखाउनु पर्ने प्रावधान राखेको छ ।
हालै राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कारोबार गर्ने संस्थाका लागि अनुमति नीति, २०७९ सार्वजनिक गर्दै ५ करोडदेखि ८० करोड रूपैयाँसम्म चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले भुक्तानी र फर्छ्यौट सम्बन्धी काम गर्ने संस्थाहरूको स्थापना र कारोबारका सम्बन्धमा यसअघि रहेको अनुमति नीति-२०७३ लाई खारेज गर्दै हिजो बिहीबार नयाँ नीति सार्वजनिक गरेको हो । पुरानो नीतिमा भुक्तानी सेवा प्रणाली सञ्चालक कम्पनीलाई न्यूनतम १० करोड रूपैयाँ पुँजी तोकिएको थियो भने अब त्यसमा राम्रै बढोत्तरी गरिएको छ ।
विद्यमान व्यवस्थामा नेपाल बाहिरबाट समेत भुक्तानी कारोबार गर्ने गरी सेवा दिने कम्पनीलाई २५ करोड र विदेशी कम्पनीलाई ३० करोड रूपैयाँ पुँजी पुर्याउनुपर्ने तोकिएको थियो । यसैगरी कार्डमार्फत कारोबार गर्ने भुक्तानी संस्थालाई र दूरसञ्चार प्रविधिमार्फत कारोकार गर्ने संस्थालाई क्रमश: ५ करोड र १ करोड पुँजी पुर्याउनुपर्ने व्यवस्था गरिएकोमा अब नयाँ नीति अनुसार उक्त पुँजी सीमालाई दोब्बरले बढाइएको छ ।

नयाँ नीतिले भुक्तानी सेवा प्रदायकले भुक्तानी कार्ड बाहेक अन्य उपकरणहरू सञ्चालन गर्ने संस्थाको न्यूनतम चुक्ता पुँजी ५ करोड तथा कार्डसहित अन्य उपकरणहरू सञ्चालन गर्ने संस्थाको न्यूनतम चुक्ता पुँजी २५ करोड पुर्याउनु पर्ने प्रावधान राखेको छ ।
यसबाहेक भुक्तानी प्रणाली सञ्चालकहरूले आफ्नो चुक्ता पुँजी ४० करोड रूपैयाँ पुर्याउनु पर्नेछ। भुक्तानी प्रणाली सञ्चालकले नेपालमा जारी भएर भुक्तानी उपकरणमार्फत नेपाल बाहिर समेत भुक्तानी कारोबार हुने संस्थाको न्यूनतम चुक्ता पुँजी ८० करोड हुनुपर्ने व्यवस्था गरिएको छ ।






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



