बुटवलमा २ कोरोना संक्रमितको मृत्यु

-



     सफल आवाज    
     कार्तिक ११ गते २०७७ मा प्रकाशित



बुटवल, ११ कात्तिक । कोरोना भाइरस संक्रमणका कारण बुटवलमा थप २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला छन् ।

रुपन्देहीको तिलोत्तमा–११ की ५० वर्षीया महिलाको गएराति कोरोना अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको हो । उनमा कात्तिक १० मै कोरोना पुष्टि भएको थियो ।

यस्तै, बुटवल उपमहानगरपालिका–१३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।

गत कात्तिक ७ मा कोरोना पुष्टिपछि कोरोना अस्पताल बुटवलमा भर्ना भएका उनको बिहान ६ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।