सूर्यज्योति लाइफ इन्स्योरेन्सलाई आइएसओ प्रमाणपत्र प्रदान

-



     सफल आवाज    
     पौष २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ पुस । सूर्यज्योति लाइफ इन्स्याेरेन्स कम्पनीले आइएसओ प्रमाणपत्र पाएको छ । हालै युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस)ले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरिक्षण सम्पन्न गरी गत पुस २० गते बुधबार ISO 9001:2015 प्रमाणपत्र प्रदान गरेको हो ।

कम्पनीको व्यावस्थापन पक्ष, कर्मचारी सुशासन र कम्पनीले सेवाग्राहीमाझ पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा उक्त मापन गरिएको कम्पनीले जनाएको छ ।

यो गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेपछि आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै बीमितहरुलाई सेवा सुविधामा थप सबल र सहज पार्दे जाने कुरामा विश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए ।

यसबाहेक उनले सूर्यज्योति लाइफ इन्स्योरेन्सले हाल देशैभर १८१ शाखाबाट सेवा प्रदान गर्दै आएको र आफ्ना बीमितहरुको आवश्यकता र चाहनालाई मनन गर्दै समयसापेक्ष रुपमा कम्पनीले आफ्ना सेवाहरुलाई अझ परिस्कृत गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।