सगरमाथा हाइड्रोले पायो आईपीओ जारी गर्ने स्वीकृति

-



     सफल आवाज    
     पौष २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ पुस । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने स्वीकृति पाएको छ । कम्पनीले गत पुस १७ गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ जारी गर्नका लागि अन्तिम स्वीकृति पाएको हो । यो स्वीकृतिसँगै कम्पनीले केही समयमा सर्वसाधरणका लागि आईपीओ जारी गर्ने बुझिएको छ ।

हाइड्रोले धितोपत्र बोर्डबाट ५४ करोड ८८ लाख बराबरको ५४ लाख ८८ हजार कित्ता सेयर जारी गर्ने स्वीकृति पाएको बताइएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकका लागि आईपीओ जारी गर्ने तालिका छ । दोस्रो चरणमा मात्रै सर्वसाधरणका लागि सेयर जारी हुनेछ ।

प्रभु क्यापिटल सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ कम्पनीले जारी पुँजीको ४९ प्रतिशत सेयर जारी गर्ने भएको हो । ५१ प्रतिशत रकम संस्थापक सेयरधनीहरुबाटै चुक्ता भइसकेकोले बाँकी ४९ प्रतिशतका लागि आईपीओ ल्याउन लागिएको कम्पनीले जनाएको छ ।