
काठमाडौं, २२ पुस । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । सभामा बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५ सय १ रुपैयाँको १३ प्रतिशत बराबर बोनस सेयर बापत ५९ करोड ६८ लाख १३ हजार ५ सय ५५ रुपैयाँ र १.५ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि ) ६ करोड ८८ लाख ६३ हजार १ सय २ रुपैयाँ गरी ६६ करोड ५६ लाख ७६ हजार ६ सय ५७ रुपैयाँ लाभांश प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकालले बताए ।


यो लाभांश वितरण गरेपछि चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ पुग्ने बैंकले जनाएको छ । यसबाहेक साधारण सभामा गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान पनि गरिएको थियो । बैंकको आन्तरिक मूल्यांकन अनुसार पुतलीबजार शाखा प्रथम, ईमाडोल शाखा दोस्रो, बयरघारी शाखा तेस्रो र हेम्जा शाखा चौथो भएर पुरस्कृत भएका थिए ।







काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



