
काठमाडौं, २२ पुस । प्रभु क्यापिटल लिमिटेडले निष्कासन तथा बिक्री प्रबन्ध गरेको माया खोला हाईड्रोपावर कम्पनी मिटेडको १ सय रुपैयाँ अंकित दरको २ लाख ४० हजार कित्ता सेयर बाँडफाँड गरिएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगार गरिरहेका नेपालीहरुको लागि गत मंसिर २३ गते देखि मिति पुस ८ गते सम्म आवेदन खुलाइएको सेयर बाँडफाँड गरिएको हो ।
सि-आश्वा सदस्य बैक तथा वित्तीय संस्थाबाट जम्मा ८ हजार ८०७ जना आवेदकहरुबाट ७ लाख ७४ हजार २३० कित्ता सेयरको लागि आवेदन प्राप्त भएकोमा ४७ हजार ३६० कित्ताको आवेदन रद्द भएपछि बाँकी रहेको ८ हजार २५९ आवेदकको ७ लाख २६ हजार ८७० आवेदन पुन: रुजु अन्त्यमा ७ लाख २६ हजार ८४० कित्ता शेयरको आवेदन सदर भएको प्रभु क्यापिटलको सञ्चालन विभाग प्रमुख वसन्ता उपाध्यायले जानकारी दिइन् ।
सदर कित्तामध्ये १० देखि ३० कित्ता आवेदकहरुलाई माग बमोजिम तथा ४० देखि ६ हजार ३ सयसम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ताको दरले गरी जम्मा ८ हजार २५७ जना आवेदकलाई २ लाख १५ हजार ६७० कित्ता सेयर बाँडफाँड गरिएको उनको भनाइ छ ।
यसबाहेक बाँकी रहेको सेयरका लागि ४० कित्ता देखि ६ हजार ३ सय कित्ताका लागि आवेदन दिने ५ हजार ४८३ आवेदकलाई २४ हजार ३३० कित्ता गरी जम्मा २ लाख ४० हजार कित्ता सेयर बाँडफाँड सम्पन्न भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



