
काठमाडौं, २४ पुस । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रिमियममा आईपीओ जारी गर्ने लगायतका प्रस्ताव पारित गर्न आफ्नो पाँचौं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले आह्वान गरेको वार्षिक साधारण सभा आगामी माघ १५ गते आइतबार अलोफ्ट, छाँयादेवी कम्प्लेक्स ठमेलमा अपरान्ह ५ बजेदेखि शुरु हुने जनाइएको छ । उक्त साधारण सभाले प्रिमियममा सर्वसाधारणको लागि शेयर निष्कासन गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ ।
यसबाहेका साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्षको २०७७/७८ को आर्थिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्विटीमा भएको परिवर्तन सम्बन्धी छलफल गरी पारित गर्नेछ साथै सञ्चालकको नियुक्त तथा लेखा परीक्षकको नियुक्तिलाई पनि अनुमोदन गर्ने तालिका रहेको छ ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



