पालुन खोला हाइड्रोको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

-



     सफल आवाज    
     पौष २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ पुस । पालुन खोला हाइड्रोपावर कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि १९ लाख कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

आज पुस २४ गते बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा पालुन खोला हाइड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेकाे प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर बासु थपलियाले जानकारी दिए ।

पालुन खोला हाइड्रोपावर कम्पनी लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको मिखवा गाउपाँलिकामा अवस्थित पालुन खोलामा २१ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।