
काठमाडौं, २५ पुस । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले यही पुस २७ गतेदेखि एकीकृत करोबार गर्ने भएका छन् । दुवै बैंकले यही पुस ७ गते सम्पन्न गरेको साधारणसभाबाट एकापसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।
राष्ट्र बैंकले गत पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैंक मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका नामबाट आगामी पुस २७ गतेदेखि एकीकृत कारोबार सुरु हुन लागेको हो ।
मर्जरपछि बन्ने बैंकको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको काठमाडौँ जिल्ला वडा नं १ दरबारमार्गमा हुने कम्पनीले जानकारी दिएको छ । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् ।
इन्भेष्टमेन्ट बैंकको १ कित्ता शेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १८ खर्ब ३१ अर्ब छ । मेगा बैंकको चुक्ता पूँजी १६ खर्ब १२ अर्ब रहेको छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी ३४ खर्ब ४३ अर्ब पुग्नेछ ।
मर्जरपश्चात् जगेडा कोष १९ अर्ब ७५ करोड, निक्षेप सङ्कलन ३ खर्ब ४६ अर्ब ८५ करोड र कर्जा प्रवाह ३ खर्ब १९ अर्ब ४४ करोड पुग्नेछ । मर्जरपश्चात् उपत्यकाभित्र मात्रै ८८ वटा शाखा हुनेछन्। उपत्यकाबाहिर पनि बलियो उपस्थिति हुने गरी शाखा कार्यालय २ सय २ र एटिएम सङ्ख्या २ सय ७९ वटा पुग्नेछन् ।
दुई दिन सेवा बन्द
यही पुस २७ गते एकीकृत कारोबार अगाडि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले दुई दिन सेवा बन्द गर्ने भएको छ । बैंकले सूचना सार्वजनिक गर्दै डाटा माइग्रेसन प्रयोजनका लागि बैंकले पुस २५ र २६ गते सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाइएको छ ।







काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



