
काठमाडौं, २५ पुस । एभरेष्ट बैंक लिमिटेडले आजदेखि २ अर्ब रुपैयाँ बराबरकाे ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ निष्काशन गरेकाे छ। बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको साे ऋणपत्र निष्काशन गरेकाे हो।
बैंकले रु १ हजार अंकित दरकाे २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेकाे हो। यसकाे १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत रुपमा बिक्री गरिने भएकाे छ ।
८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ। सर्वसाधारणका लागि निष्काशन गरिएको ऋणपत्रबाट ४० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ।
ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा २५ कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि पुस २९ गतेसम्म आवेदन दिन सकिने छ। ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा माघ ९ गते सम्म आवेदन दिन सकिने छ।
केयर नेपालले बैंकलाई केयर एनपी डबल ए माइनस रेटिङ्ग दिएकाे छ। याे भनेकाे न्यून कर्जा जोखिमको संकेत हाे। यसकाे ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक सकिएपछि कर कट्टा गरी भुक्तानी हुने भएकाे छ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



