५७० नयाँ संक्रमित थपिए,३ हजार १६८ निकाे भए

-



     सफल आवाज    
     कार्तिक ११ गते २०७७ मा प्रकाशित



काठमाडाैं, ११ कात्तिक । मंगलबार ५७० जनामा संक्रमण पोजेटिभ देखिएको छ । ३ हजार १६८ जना निकाे भएका छन् । आज थपिएका ५७० संक्रमितसहित नेपालमा कोरोना भाइरसबाट संक्रमण भएकाहरुको कुल संख्या १ लाख ६० हजार ४०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

हाल नेपालमा कोरोना भाइरस संक्रमणका सक्रिय केसहरु ४० हजार ६८१ रहेका छन् । बितेको २४ घन्टामा ३ हजार १६८ जना निको भएका मन्त्रालयको तथ्यांकले देखाएको छ । योसहित कोरोना भाइरसलाई जितेर घर फर्किनेहरुको संख्या १ लाख १८ हजार ८४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घन्टामा काेरोनाको कारण १४ जनाले ज्यान गुमाएका छन् । योसहित अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ ।