
काठमाडौं, २५ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मर्जरका माध्यमबाट बैंकहरु बलिया भएको बताएका छन् । आज सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । कार्यक्रममा अधिकारीले अब बैंक तथा वित्तीय संस्थाहरुले स्वनियममा बस्दै उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गरेको उक्त कार्यक्रममा गभर्नर अधिकारीले मर्जरका कारण बैंकहरु बलिया हुँदै जाँदा बैंकले आफूसँग भएको स्रोतको परिचालन बढीभन्दा बढी उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाए । उनले राष्ट्र बैंकले नीति नियम बनाएको भए पनि अब ठूला र बलिया भएका बैंकहरुले स्वनियममा चल्न सक्ने हिसाबले आफैं उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने आवश्यकता बढेको औंल्याए ।

अधिकारीले केन्द्रीय बैंकले मर्जर तथा प्राप्तिको नीति लिनुको उद्देश्य बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी भएकाले वित्तीय मध्यस्थता लागत र अस्वस्थ प्रतिस्पर्धा बढेको अवस्थामा वित्तीय सुशासन कायम राख्दै बलियो बैंक बनाउनु रहेको प्रस्ट पारे । बैंकको यो नीति अनुरुप २४७ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर भएर अहिले ६८ वटामा कायम भएको उनले बताए । यसबाट वित्तीय मध्यस्थता शुल्क घटेको गभर्नर अधिकारीले दावी गरे ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



