सगरमाथा जलविद्युतकाे आईपीओ माघ ५ गतेदेखि आउने

-



     सफल आवाज    
     पौष २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ पुस । सगरमाथा जलविद्युत कम्पनीले माघ ५ गतेदेखि ११ लाख २० हजार कित्ता साधारण सेयर (आईपीओ) बिक्रीमा ल्याउन लागेकाे छ । कम्पनीले आयोजनाबाट प्रभावित क्षेत्रका जनताकाे लागि र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर जारि गर्ने भएकाे हाे ।

कम्पनीले ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र ईलामका स्थानिय जनताका लागि बिक्रीमा ल्याउन लागेकाे हाे ।

कम्पनीले सर्वसाधारण जनताका लागि ल्याउने ४३ लाख ६८ हजारकेा १० प्रतिशतले हुने ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि रहेकाे छ ।

लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

सेयरमा लगानी गर्नका लागि स्थानिय जनताले माघ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा फागुन ५ गतेसम्म आवेदन दिन सकिनेछ । उता वैदेशिक रोजगारमा गएका नेपालीहरुले माघ १९ गतेसम्म आवेदन पेश गर्नुपर्नेछ ।

सेयरमा लगानी गर्नका लागि आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय र सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट दिन सकिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।