
काठमाडौं, २६ पुस । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा गाभिने भएका छन् । यी दुई बैंकबीच सोमबार गाभ्ने तथा गाभिने सम्बन्धी (मर्जर तथा एक्वीजिसन) सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्झौतापत्रमा सोमबार लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गरेका हुन् ।
प्रारम्भिक सम्झौता अनुसार यी दुइ बैंक बराबरी हैसियतमा गाभिने भएका हुन् । सोमबार भएको सम्झौता अनुसार १ बराबर १ को सेयर अनुपातमा गाभिने सम्झौता भए पनि डिडिए रिपोर्ट आएपछि भने यो अनुपातमा केही फरक पर्न सक्ने बताइएको छ ।
मर्जरपछि लक्ष्मी सनराइज बैंक नाम रहने तय भएको छ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ । यस्तै सनराइज बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ छ । यस हिसाबले यी दुई बैंक समान हैसियतमा गाभिएपछि नयाँ बन्ने बैंकको चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्ने देखिन्छ ।
हाल लक्ष्मी बैंकको निक्षेप कुल एक खर्ब ४० अर्ब १२ करोड रुपैयाँ छ भने सनराइज बैंकको एक खर्ब २५ अर्ब ३९ करोड रुपैयाँ छ । कर्जा लगानी भने लक्ष्मीको एक खर्ब २९ अर्ब ६१ करोड र सनराइज बैंकको एक खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ छ।
यी दुई बैंकको मर्जर प्रकृया सकिएपछि वाणिज्य बैंकको संख्या २० वटामा झर्ने छ ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



