
काठमाडौं, २७ पुस । माया खोला हाइड्रोको सेयर बाँडफाँड भएको छ । प्रभु क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको कम्पनीको जारी पुँजीको १० प्रतिशतले हुन आउने १० करोड रकम बराबरको १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको सेयर बाँडफाँड गरिएको हो ।
संखुवासभा जिल्लाको चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा. को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ का स्थायी बासिन्दाका लागि ६ लाख र प्रभावित क्षेत्र संखुवासभा जिल्लाका चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा.को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ बाहेकका चैनपुर, धर्मदेवी र मादी नगरपालिकका स्थायी बासिन्दाका लागि ४ लाख कित्ता साधारण सेयरहरु कम्पनीले बाँडफाँड गरिएको प्रभु क्यापिटलको सञ्चालन विभाग प्रमुख वसन्ता उपाध्यायले जानकारी दिइन् । यी सेयर गत मंसिर २३ देखि पुस १७ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो।
बाँडफाँड भएको सेयरमध्ये अति प्रभावितमा १ हजार ७७२ आवेदकबाट प्राप्त ६ लाख ९० हजार ९४० कित्ताको लागि प्राप्त आवेदनबाट १० कित्ता देखि १ हजार २ सय कित्तासम्म आवेदन दिनेलाई सम्पूर्ण कित्ता गरी जम्मा ५ लाख २१ हजार ६२० कित्ता र १ हजार २ सयभन्दा बढी ९ हजार ५२० कित्ता सेयरको लागि आवेदन दिने प्रत्येक आवेदकलाई १ हजार २०० कित्ता गरी ७८ हजारसहित ५ लाख ९९ हजार ६२० कित्ता साथै बाँकी रहेको ३८० कित्ताको लागि १ हजार ३ सय कित्तादेखि ९ हजार ५२० कित्ता सम्म आवेदन दिने ६५ जनामध्ये ३८ जना हरेकलाई १० कित्ता शेयर बाँडफाँड गरिएको हो ।
साथै प्रभावितमा २ हजार ६२ जना आवेदकहरुबाट ४ लाख १ हजार ८ सय कित्ताको लागि आवेदन प्राप्त भएकोमा रितपूर्वक प्राप्त भएका आवेदनहरु मध्ये ४ लाख कित्ता सेयर धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको उपाध्यायले बताइन् ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



