बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध निर्वाचित

-



     सफल आवाज    
     पौष २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ पुस । नेपाल बैंकर्स संघको अध्यक्षमा बैंकर सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघको बुधबार सम्पन्न बिशेष साधारणसभाबाट कार्यबाहक अध्यक्ष रहेका केसी निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन । हाल एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका केसी अनुभवी र बौद्धिक बैंकरका रूपमा चिनिन्छन ।

यसअघिका अध्यक्ष अनिल उपाध्याय कृषि विकास बैंककाे प्रमुख कार्यकारीबाट बाहिरिएपछि उपाध्यक्ष रहेका केसीले कार्यबाहक अध्यक्षको जिम्बेवारी सम्हालेका थिए । संघको अधिवेशन आउन अझै १ वर्ष बाँकी रहेकाले बुधबार नेतृत्व चुन्न विशेष साधारणसभा आयोजना गरिएको थियो ।

केसी बैंकर्स संघको अध्यक्ष बनेकै दिनको पहिलो बैठकले निक्षेपको ब्याजदर समेत घटाएको छ। उनले निक्षेपको ब्याजदर घटाउन गरेकाे प्रस्तावमा सबै बैकर्सकाे सहमति भएकाे थियाे । साेही अनुसार बैठकले निक्षेपको ब्याजदर ११ प्रतिशतमा झारेको छ। यसअघि मुद्धती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत थियो।

निक्षेपको ब्याजदर घटेपछि आधारदर कम भई कर्जाकाे ब्याजदर समेत घट्ने देखिएको छ। केसीकाे याे बाेल्ड डिसिजनले व्यबसायीलाइ राहत मिलेकाे छ ।