एभरेष्ट बैंककाे ऋणपत्रमा माघ ९ गतेसम्म आवेदन दिने सकिने

-



     सफल आवाज    
     पौष २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ पुस । एभरेष्ट बैंककाे ऋणपत्रमा आवेदन दिने अवधि थपिएकाे छ । बैंक पुस २५ गतेदेखि बिक्रीमा ल्याएकाे साे ऋणपत्रमा आवेदन दिने अवधि थप गरेर माघ ९ गतेसम्म पुर्याइएकाे छ। बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदर रहने १० वर्षे अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्र बिक्रिमा ल्याएकाे हाे ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। यसबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत किकसिमले बिक्री हुनेछ ।

८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ। ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ। लगानीकर्ताले घटिमा २५ कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ।

केयर नेपालले बैंकलाई केयर एनपी डबल ए माइनस रेटिङ्ग दिएकाे छ। याे भनेर्सकाे न्यून कर्जा जोखिम रहेको संकेत हाे। आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक सकिएपछि भुक्तानी हुनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।