प्रि ओपन सेसन: नेप्सेमा साढे १३ अंकको वृद्धि

-



     सफल आवाज    
     पौष २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ पुस । साताको अन्तिम कारोबार हुने दिन आज बिहीबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १३ अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत मंगलबार नेप्से (हिजो बुधबार सार्वजनिक बिदा परेकोले) २१.३४ अंक घटेर २१९०.४२ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने १३.४२ अंक बढेर २२०३.८४ विन्दुमा पुगेको छ । आज बिहीबारको प्रि-ओपन सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि २.५८ अंकको वृद्धि भएको छ ।

आज बिहीबारको यो सेसनमा ७३ वटा स्टकको ३६ लाख ९९ लाख ३३ हजार ९९४ रुपैयाँ ४० पैसा बराबरको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ५३ वटा स्टकको मूल्य बढेको छ भने १३ वटा स्टकको मूल्य घटेको छ । बाँकी ६ वटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।