
पोखरा, ३० पुस । पोखरा फाइनान्स लिमिटेडको आज सम्पन्न साधारण सभाले शेयरधनीलाई कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

फाइनान्सको २६औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट प्रतिसेयर ४ प्रतिशतको दरले बोनस सेयर र प्रतिसेयर ०.२१ प्रतिशतको दरले नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।
बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी रु. १.०८ अर्ब पुगेको छ । सभाले आगामी ४ वर्षको लागि सञ्चालक पनि चयन गरेको छ । संस्थापक समूहबाट डा. दीर्घमान गुरुङ, प्रतिक गुरुङ र दिवाकर पौडेललाई सर्वसम्मत चयन गरेकाे फाइनान्सले जनाएकाे छ ।
यसैबीच, शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले डा. दीर्घमान गुरुङलाई सर्वसम्मत रुपमा संस्थाको अध्यक्ष पदमा नियुक्ति गरेको छ । सभाले आ.व. २०७९-८० को लेखापरीक्षक समेत नियुक्त गरेको छ ।
यस्तै सभाबाट पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त लागेका बैंक, वित्तीय संस्थाहरुसंग एक आपसमा गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्ने लगायत कार्य गर्नका लागि सञ्चालक समितिलाई त्यसको अख्तियारी प्रदान गर्ने निर्णय गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले सफल आवाजलाई जानकारी दिए ।
पोखरा फाइनान्स लिमिटेडले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिएको छ । जसअनुसार ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त, दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजनामा रहेको फाइनान्सले जानकारी दिएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



