विमान दुर्घटना : ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग

-



     सफल आवाज    
     माघ १ गते २०७९ मा प्रकाशित



पाेखरा, १ माघ । सेती नदीको खोँचमा दुर्घटनामा परेकाे यती एयरलायन्सको विमानमा यात्रा गरेका यात्रहरुमध्ये ६८ जनाको शव फेला परेको छ ।

सेती नदीको खाेचमा धेरै तल विमान खसेका कारण क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिएका छन्।

फेला परेका शवहरुलाई पोखरास्थित गण्डकी आस्पतालमा लगिएको छ । बाँकी शवकाे खाेजि भइरहेकाे छ । उद्धारमा तीनवटै सुरक्षा निकाय, पाेखरा महानगरपालिका लगायत खटिएका छन् ।