यती एयरलाइन्सका सोमबारका सबै उडान रद्द

-



     सफल आवाज    
     माघ १ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १ माघ । यती एयरलाइन्सले पाेखराकाे विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शोकमा भाेलि सोमबारका सबै नियमित उडान रद्द गरेको छ।

यतीले नियमित उडान रद्द गरेपनि आपतकालिन र उद्दारका उडान भने सुचारु गरिने कम्पनीले बताएको छ। आइतबार बिहान काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको एटीआर विमान दुर्घटना भएको थियो।

सेती नदीको खोंचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परिसकेकाे छ । दुर्घटनामा परेका ४ जना अझै बेपता छन।