आज विश्वभर ५ लाख २ हजार बढी संक्रमित थपिए,७ हजारकाे मृत्यु

-



     सफल आवाज    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ कात्तिक । पछिल्ला दिनहरुमा एशिया, यूरोप तथा अमेरिकी देशहरुमा कोरोना भाईरसको संक्रमण झन् बढीरहेको देखिएको छ । आज विश्वभर ५ लाख २ हजार ६१४ नयाँ संक्रमित थपिएका छन् । ७ हजार १०४ जनाको ज्यान गएको छ ।

आज अमेरिकामा ८० हजार २५४ नयाँ संक्रमित थपिएका छन् । १ हजार ३९ जनाको ज्यान गएको छ । भातमा ४९ हजार ९१२ नयाँ संक्रमित थपिएका छन् । ५०९ जनाको ज्यान गएको छ ।

ब्राजिलमा २८ हजार ८५२ जना नयाँ संक्रमित थपिएका छन् । आज ४८७ जनाको ज्यान गएको छ ।
रसियामा १६ हजार २०२ जना नयाँ संक्रमित थपिएका छन् । ३४६ जनाको ज्यान गएको छ । आज फ्रान्समा ३६ हजार ४३७, स्पेनमा १९ हजार ७६५ र वेलायतमा नयाँ २४ हजार ७०१ जनामा संक्रमण देखिएको छ ।

कारोना भाइरसलाई जित्नेहरुको संख्या ३ करोड २७ लाख २ हजार ६४ पुगेको छ । हालसम्म ४ करोड ४७ लाख ३९ हजार ९१६ जनामा संक्रमण भएको छ । उनिहरुमध्ये ११ लाख ७८ हजार ५२७ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसका संक्रिय केस १ करोड ८५ लाख ९ हजार ३२५ रहेका छन् । १ करोड ७७ लाख ८ हजार १३९ को अवस्था सामान्य भईरहेको छ । गम्भिर अवस्थाका विरामीहरु ८१ हजार १८६ रहेका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमण फैलिएको देश अमेरिकामा ५९ लाख २० हजार २२२ जना निको भएका छन् । हालसम्म ९१ लाख १८ हजार ५४७ जनामा संक्रमण भएको छ । २ लाख ३३ हजार १२२ जनाको ज्यान गएको छ ।

भारत कोरोना संक्रमण बढी भएको दोश्रो देह हो । त्यहाँ ७३ लाख १४ हजार ९५१ जना निको भएका छन् । ८० लाख ३८ हजार ७६५ जनमा संक्रमण भएको छ भने १ लाख २० हजार ५६३ जनाले ज्यान गुमाएका छन् ।

तेश्रो धेरै संक्रमण फैलिएको देश ब्राजिलमा ४९ लाख ३४ हजार ५४८ जना निको भएका छन् । ५४ लाख ६९ हजार ७५५ जनामा संक्रमण भएको छ । १ लाख ५८ हजार ४६८ जनाले ज्यान गुमाएका वर्ल्डओमिटर्स डट इन्फोले जनाएकाे छ ।