भारतबाट आयो ईन्धनको नयाँ मूल्यसूची , नेपालमा घट्ला ?

-



     सफल आवाज    
     माघ २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ माघ । भारतीय आयल कर्पोरेशन आईओसीले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आज नेपाल आयल निगमले प्राप्त गरेको मूल्यसूची अनुसार डिजलको मूल्य घटेर आएको छ । आई‌ओसीले १५-१५ दिनमा नेपाल आयल निगमलाई पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गर्छ ।

नयाँ सूचीअनुसार डिजलमा प्रतिलिटर ३ रुपैयाँ ७३ पैसाले घटेको छ भने पेट्रोल लिटरमा २ रुपैयाँ ५१ पैसाले बढेर आएको छ।
यसअघि भारतबाट नयाँ मूल्य आउँदा पेट्रोलमा ६ रुपैयाँ ९० पैसा र डिजलमा १२ रुपैयाँ ३१ पैसाले घटेर आएको थियो । यस्तै हवाई इन्धन भाउ पनि प्रतिलिटर १० रुपैयाँ ६१ पैसाले घटेर आएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा निगमले पेट्रोलियम पदार्थको मूल्य केही घटाएको थियो ।

आज आएको मूल्यसूची अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा घटबढ हुन्छ वा हुँदैन भन्ने नेपाल आयल निगमले जानकारी दिएको छैन । आज सार्वजनिक बिदा परेकाले पनि यसबारे कार्यालय खुलेपछिमात्र थाहा हुने बुझिएको छ ।