
क्यालिफोर्निया, ३ माघ । अमेरिकामा भएका गोली प्रहारका घटनामा परेर सोमबार मात्र कम्तीमा पनि ६ जनाको ज्यान गएको छ । अमेरिकाको क्यालिफोर्नियाको टुलारे काउन्टीमा भएको गोली प्रहारमा परेर एकजना १७ वर्षीया युवती र उनकी ६ महिनाकी छोरीको ज्यान गएको छ ।
त्यस्तै सोही काउन्टीमा अर्का ४ जनालाई घरमै बोलाएर हत्या गरिएको बताइएको छ । एक व्यक्तिको घरमा सो हत्याकाण्ड भएको छ । त्यसमा परेर अर्का एकजना घाइते भएका छन् र उनलाई अस्पताल पुर्याइएको छ ।
ती हत्याकाण्डमा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरु कुनै समूहसँग सम्बन्धित रहेका र समूहका बीचको सम्पर्कका कारण यो हत्या भएको अनुमान गरिएको अनुसन्धानदाताहरुले जनाएका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




