
काठमाडौं ४ माघ। शिखर इन्स्याेरेन्सले लाभांश वितरणकाे प्रस्ताव पारित गर्न माघ २५ गते दुई आर्थिक वर्षको साधारण सभा डाकेकाे छ । कम्पनीले साे मितिमा एकैसाथ २०७७/७८ र २०७८/७९ को १७ औं र १८ औं साधारण सभा डाकेकाे हाे।
साधारण सभाले १६ प्रतिशत बोनस सेयर तथा त्यसकाे कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगदसहित कुल १६.८४२१ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान र नगद प्रवाह लगायतका एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।
सभामा लेखापरीक्षककाे नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने, अन्य निर्जीवन बिमा कम्पनी मर्जर वा प्राप्तिका लागि कार्य गर्नका लागि त्यसकाे अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि एजेण्डाकाे रुपमा रहेकाे छ ।
कम्पनीले साधारण सभालाई मध्येनजर गर्दै माघ १७ गते बुक क्लोज गर्ने बताएकाे छ । यसका लागि सेयरधनीहरुले माघ १६ गतेसम्म नेप्सेमा सेयर काराेबार गरेकाे हुनुपर्नेछ । यसरी सेयर काराेबार गरी कायम भएका सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउने र लाभांश प्राप्तिका हकदार हुनेछन् ।
कम्सपनीकाे साधारण सभा माघ २५ गते पूर्वान्ह ११ वजे काठमाडौं थापाथलीस्थित केन्द्रीय कार्यालयमा डाकिएकाे छ ।






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



