
काठमाडौं, ६ माघ । रिडी पावर कम्पनी लिमिटेडले ४२.१ प्रतिशत लाभांश दिने भएको छ । उक्त दरको लाभांश तथा अन्य नियमित प्रस्तावहरु पारित गर्न कम्पनीले २१ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
गत बुधबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगामी माघ २९ गते आइतबार, काठमाडौं नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा बिहान ११ बजेबाट सञ्चालन हुने गरी साधारण सभा आह्वान गरेको हो ।
कम्पनीले लाभांश वितरणको प्रमुख एजेण्डासहित सभा आह्वान गरेको हो । उक्त साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाइ चुक्ता पुँजीको ४० प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर तथा त्यसैको कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने तालिका रहेको छ ।
यसैगरी सञ्चालकहरुको नियुक्ति, सञ्चालक समितिको प्रतिवेदनमा छलफल गर्ने तथा पारित गर्ने लगायतका विभिन्न प्रस्तावहरु पारित गरिने कम्पनीले जनाएको छ ।
चुक्ता पुँजी १ अर्ब १० करोड ६३ लाख रहेको यो कम्पनीले साधारणसभा प्रयोजनका लागि आगामी माघ १८ गते एक दिनका लागि बुक क्लोज मिति तय गरेको छ । यस हिसाबले आगामी माघ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु लाभांशका लागि योग्य हुने बताइएको छ ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



