नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेश समिति गठन, अध्यक्षमा डा.कार्की चयन

-



     सफल आवाज    
     माघ ७ गते २०७९ मा प्रकाशित



पोखरा, ७ माघ । नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेश समिति गठन गरिएको छ । २०३७ सालमा स्थापना भएको नेपालको अग्रणि संस्था नेपाल ब्यबस्थापन संघको बर्तमान केन्द्रीय अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा शनिबार पोखराको होटल स्नोल्याण्डमा आयोजित एक समारोहमा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक डा बीर बहादुर कार्कीको अध्यक्षतामा प्रदेश समिति गठन गरिएको हो ।

नवगठित प्रदेश समितिको उपाध्यक्षमा देवीलाल शर्मा (पृथ्वीनारायण क्याम्पस), सचिवमा माधव बस्तोकाटी (शंकर पेपर वक्र्स प्रा.लि), कोषाध्यक्षमा सूर्य रोका (नबिल बैंक गण्डकी प्रदेश), चयन भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा दुर्गाप्रसाद हुमागाई (सफल मिडिया हाउस प्रा.ली), गणेश बहादुर थापा (होटल स्नोल्याण्ड लेकसाईड), प्रकाश रेग्मी (नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज) र सिए अमित थापा (हिमश्री फुड्स) चयन भएको निर्वाचन समितिका संयोजक दिलिप पौडेलले सफल आवाज लाई जानकारी दिएका छन ।

गण्डकी विश्वविद्यालयका कुलपती डा.गणेशमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल व्यवस्थापन संघका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल, महासचिव मोहन ओझा, पूर्व कोषाध्यक्ष दिलिप पौडेलले नेपाल ब्यबस्थापन संघले हालसम्म गरेका गतिविधि र आगामी कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मूल्मी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, चेम्वर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, डा बीर बहादुर कार्की, देवीलाल शर्मा लगायतले बोलेका थिए ।