मुक्तिनाथ बैंकले कमायो विकास बैंकहरुमध्ये सर्वाधिक नाफा

-



     सफल आवाज    
     माघ ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ माघ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म ६३ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले हालै प्रकाशित गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको छ । यो नाफाकोआँकडा विकास बैंकहरुले आर्जन गरेकोमा सबैभन्दा बढी भएको बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्म बैंकले ६३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन तुलनात्मक रुपमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९६ प्रतिशत बढी रहेको पाइएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको तथ्याङ्क छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेको छ भने इम्पेयरमेन्ट चार्ज पनि बढेको पाइएको छ ।

यो दोस्रो त्रैमाससम्म बैंकले खुद ब्याज आम्दानी ३३.३७ प्रतिशतले बढाउन सफल भएको छ भने कुल सञ्चालन आम्दानी पनि २२.७५ प्रतिशत बढाएको छ । यसैगरी बैंकको सञ्चालन मुनाफा पनि ३.९६ प्रतिशतले बढेको छ । विवररण अनुसार समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज १६ करोड ४१ लाख रुपैयाँबाट बढेर ४४ करोड १७ लाख रुपैयाँ पुगेको पाइएको छ ।

समीक्षा अवधिमा बैंकले नाफा बढाए पनि प्रति सेयर आम्दानी अर्थात ईपीएस भने घटेको पाइएको छ । दोस्रो त्रैमासमा बैंकको ईपीएस १ रुपैयाँ ७९ पैसा घटेर १९ रुपैयाँ ५१ पैसामा झरेको छ । अन्य सूचकहरुमा समीक्षा अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात र्थात् पीई रेसियो २१.५३ गुणा रहेको छ भने प्रति सेयर नेटवर्थ १३४ रुपैयाँ ९६ पैसा रहेको विवरणमा उल्लेख छ ।

यसैगरी बैंकको चुक्ता पुँजीमा १३.५० प्रतिशत बढोत्तरी भएको छ र जगेडा कोष ७.२३ प्रतिशतले घटेको छ । साथै बैंकको निक्षेपमा ४.४३ प्रतिशतले वृद्धि भएको र कर्जा ६.२० प्रतिशत बढेको तथ्याङ्कमा उल्लेख छ ।