५८ वर्षकाे यात्रामा राष्ट्रिय वाणिज्य बैंक

-



     सफल आवाज    
     माघ १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० माघ । राष्ट्रिय वाणिज्य बैंकले आज ५८ औं वार्षिकाेत्सव मनाएको छ । वि सं २०२२ साल माघ १० गते स्थापना भएको यो बैंकले २०६३ साल वैशाखदेखि पब्लिक कम्पनीका रुपमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आजसम्म आइपुग्दा बैंकको कुल निक्षेप २८२ अर्ब तथा कुल कर्जा २३५ अर्ब रहेको छ । देशभरका २६५ शाखाबाट बैंकले ४ हजार २४ कर्मचारीमार्फत् सर्वसाधारणलाई अत्याधुनिक वित्तीय सेवा प्रदान गर्दै आइरहेको बताएकाे छ ।

हाल बैंकका ४० लाख ग्राहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक १५ लाख रहेको जनाइएको छ । ७ प्रदेश र ७७ वटै जिल्लामा सबैभन्दा बढी ग्राहक रहेको दावी गर्ने याे बैंकले हाल देशभरमा रहेका २६५ शाखा र २६६ एटीएममार्फत् आफ्ना ग्राहकहरुलाई सहज र सुलभ रुपमा बितिय सेवा उपलब्ध गराउँदै आएको छ ।