
पोखरा, १० माघ । गण्डकी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएकाे छ । मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएको २ सातापछि उनले सानाे आकारको मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले गएकाे पुस २५ गते अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। साथै सोही दिन मुख्यमन्त्री अधिकारीले एमालेबाट सीता सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरूङलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरुले जिम्मेवारी पाएका थिएनन् ।
यसअघि गण्डकीमा १२ वटा मन्त्रालय रहेकाेमा अधिकारीले घटाएर ७ वटा बनाएका छन्। एकिकृत माओवादी केन्द्रकाे भागमा २, राप्रपाकाे भागमा १ र एमालेबाट मुख्यमन्त्रीसहित ४ मन्त्रालय रहेका छन्।
मन्त्रिपरिषदमा माओवादीबाट रेशम जुग्जाली, एमालेबाट रोशन गाहा मगर र बेदबहादुुर गुरूङ ‘श्याम’ मन्त्री नियुक्त भएका छन्। उनीहरूलाई प्रदेश प्रमुख गुरूङले मंगलबार साँझ सपथ खुवाए ।
हरिबहादुर चुमानलाइ भौतिक पूर्वाधार विकास मन्त्रालय, जुग्जालीलाइ उद्योग, पर्यटन, वन तथा वातावरण, राप्रपाका गुरूङले सामाजिक विकास मन्त्रालय पाएका छन । एमालेका रोशन गाहा मगरले आर्थिक मामिला, बेदबहादुर गुरूङले कृषि तथा ऊर्जा तथा सीता सुन्दासले आन्तरिक मामिला मन्त्रालय पाएकी छन्।
यस्ताे छ मन्त्रालयकाे बाँडफाँड ।







काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



