
पोखरा, १० माघ । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले जनता नै सर्वोपरि भएकोले जनताको काम बाहेक दाँयाबाँया गर्ने छुट कसैलाई नभएको बताएका छन् । उनले भने, म दत्तचित्त भएर आजैबाट काममा हिंडिसके ।
मन्त्री पदमा बहाली भएपछि सफल आवाजसंग कुराकानी गर्दै मन्त्री गुरुङले भने, म पदमा बहाली भएको छु । मैले आफ्नो जिम्मेवारीमा रहेका कामहरु छिटोटरितो कसरी गर्न सकिन्छ त्यसैमा ध्यान दिन्छु दाँयाबाँया गर्ने छुट कसैलाई छैन र त्यसो गर्न पनि दिन्न ।
हामी शासक होईन सेवक हौं, मन्त्री गुरुङले भने, जनताले सानो दुःख पनि पाउनु हुँदैन, यदी त्यस्तो कहिंकतै देखियो भने त्यसमा छुट दिने अवश्था पनि हुँदैन ।
मेरो सोंच खर्चमा कटौती गर्ने रहेको छ । पहिलो कुरा त हामीमा सुशासनको खाँचो छ । मैले यसलाई मूल रुपमा लिएको छु, मन्त्री गुरुङले भने, सुशासन र पारदर्शिता अपरिहार्य आवश्यक्ता हो । म यसका लागि अडिग भएर लाग्नेछु ।
मन्त्री गुरुङले अब योजना बनाएर अघि बढ्न लागेको पनि सुनाए । हाम्रा कानूनहरु बनेका छन् तर तिनको सहि कार्यान्वयन भएको छैन । उनले भने, कानूनलाई कार्यान्वयनमा ल्याउने र काम भएको छ कि छैन भनेर अनुगमन र निगरानीका लागि म सचेत छु, मन्त्री गुरुङको भनाई थियो ।
हामीकहाँ सुक्ष्म रुपले अध्ययन गरेर काम गर्ने परिपाटी नभएकोले यसतर्फ आफ्नो ध्यानाकर्षण भएको उनले बताए । अब कागजी रुपमा मात्रै काम गर्ने र परिणाम नदिने यस्तो खालको प्रबृतिलाई बन्द गनुपर्छ । म परिणाममुखि काम गर्न सरकारमा गएको हुँ यसैमा लाग्छु ।
पद बहाली भए लगत्तै म मन्त्रालय तथा विभागका सबै निकायहरुसंग छलफल, बैठक र समन्वयका लागि केहि दिन लाग्छु । उनले भने, एक खालको रिपोर्ट आईसके पछि एक्सनमा जान्छु । किनभने म जनताको सेवा गर्छु भनेर आएको हुँ त्यहि काम गरेर देखाउछु, मन्त्री गुरुङको भनाई थियो ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



